‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्थाको अन्त्य : प्रम अाेली

609
  •  
  •  
  •  

काठमाडौं,११ मंसिर (अाेएनएस) : सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरु गर्दै पहिलो सामाजिक सुरक्षा दिवस मंगलबार मनाएकाे छ ।

राजधानीमा आयोजित एक विशेष समारोहकाबीच उक्त याेजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय योगदान गरेका श्रमिकले अब ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्थाको अन्त्य भएकाे बताए ।

‘अाज हामी एउटा नयाँ प्रकृतिकाे याेजनामा सरिक भएका छाैँ’, उनले भने,’ राेजगारीमा रहेका,राेजगारी गुमाएका वा राेज नै नभएकालार्इ सामाजिक सुरक्षा योजना अन्तरगत सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्नेछ।’

प्रम अाेलीले थप्दै भने,’ अघिल्लाे पटक प्रधामन्त्री हुँदा मैले भनेकाे थिए कि सबैकाे लागि पहुँच हुने गरी सामाजिक सुरक्षामा भत्ता लागु हुन्छ त्यहीकाे सुरुवात भएकाे हाे।’

प्रम अाेलीले सबै वर्गका श्रमिकलार्इ यस याेजनाले समान ब्यवहार गरेकाे बताए। ‘श्रमको सम्मानसहित नयाँ प्राणालीको थालनी गर्दै छौ’, ओलीले भने, ‘बिरामी, आम्दानी भएका, नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुनेछ ।’

प्रधानमन्त्री ओलीले निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सकिने ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रमको अाजदेखि कानूनी रुपमा लागू भएकाे बताए। प्रम अाेलीका अनुसार जेष्ठ नागरिक भत्ता पनि कम्युनिष्ट सरकारले नै विगतमा ल्याएकाे थियाे।

केही दिनमा मेलम्ची आउने भन्दै यसले सरकार कहाँ छ ? भन्नेका लागि उचित जवाफ भएको उनले बताए ।
सरकारलाई निराशमा लैजाने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘ ‘यहाँ जनतालाई निराश बनाउने प्रयास भइरहेको छ । जनतालाई निराश हुन दिनहुँदैन र कारण पनि छैन् ।’

अहिलेको सरकारले विकासको बाटोहरु बुझेको भन्दै उनले ९ महिनामा हुनुपर्ने काम भएको बताए ।

 


  •  
  •  
  •