कंगना रानौत भन्छिन्- ‘जीवन एक संघर्ष हाे’

755
  •  
  •  
  •  

काठमाडौं,७ कार्तिक (एजेन्सी) : भारतमा महिला हिंसाविरुद्धको ‘मी टु’ अभियान चलिरहेकाे बेला बलिउडमा मच्चाएको सनसनीले अन्य पीडितहरु पनि विगतमा आफुसँग भएको यौन दुर्व्यवहारको खुलेर बोल्न थालेका छन्।

भारतीय फिल्मक्षेत्रमा अहिले ‘मिटू’ को ह्यासट्यागले सबै बलिउडकर्मीलाई तानेको छ । यस अभियानले बलिउड चिरपरिचित अभिनेता तथा कलाकाहरुमाथि यौन शोषणको आरोप लाग्न थालेकाे छ ।

बलिउड अभिनेत्री कंगना रनौत खुल्ला रुपमा आफ्नो धारणा व्यक्त गर्नका लागि परिचित छिन् । साेही क्रममा उनले मिटू अभियानबारे पनि आफ्नो राय खुलस्त रुपमा राखेकी छिन् । कंगनाले सुरुदेखि नै मिटू अभियानको खुलेर समर्थन गर्दै आएकी छिन् ।

आफ्नो नयाँ फिल्म मणिकर्णिकाः द क्विन अफ झाँसीको सुटिङ समाप्त भएपछि उनले एउटा पार्टी राखिन् जहाँ कंगनाले आफ्नो जीवन एक संघर्ष हो र जीवनभरी आफूले संघर्ष नै गरिरहेको दर्साएकी छिन्।

कंगनाले रानी लक्ष्मीबाईको जीवन अत्यधिक संघर्षपूर्ण बताउँदै आफ्नो पनि जीवन यस्तै भएको बताएकी छिन् ।

उनले भनिन्, ‘म चाहन्नँ कि मेरोजस्तो जीवन अरु कसैको होस् र आफ्नो बच्चालाई पनि यस्तो संघर्षले भरिएको जीवन दिन चाहन्नँ । मलाई लाग्छ कि म जन्मेदेखि मैले हरेक कुराको लागि लड्नु परेको छ । यसै कारण रानी लक्ष्मीबाई र ममा एकदम समानता छ ।’


  •  
  •  
  •