बालकको अपहरणपछि हत्या, प्रहरीले यस्ताे सुराक फेला पारेपछि दुर्इ परे प्रहरीकाे फन्दामा

688
  •  
  •  
  •  

काठमाडाैं, २८ असाेज (अाेएनएस) : बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो ।

प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा रहेका छन्। दीपकलाई अपहरणकारीले इथाइनल सुँघाएर असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेको छ।

बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीले पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि बयान लिने काम भइरहेको छ। प्रहरीका अनुसार अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दीपकले लगाएको बाला फेला परेपछि गहन रुपमा अनुसन्धान भइरहेकाे छ।

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए। फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दीपकको हत्या गरेका दीपकका काका गणेश राय यादवले बताए।

 


  •  
  •  
  •