माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा विस्तार

483
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : माछापुच्छ्रे बैंक लिमिटेडले दुर्इ जिल्लामा थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । चितवन र गोरखा जिल्लामा बैंकले उक्त सेवा संचालनमा ल्याएको हाे ।

बैंकले चितवनको इच्छाकामना गाँउपालिका (हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिका गरी ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको बैँककाे प्रशासन शाखाले जनाएकाे छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्तशाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।


  •  
  •  
  •