उज्ज्वल ताराद्धारा अायाेजित ‘दशैं रन फर गुड हेल्थ’ मा सहभागीमध्ये ५१ जना विजयी

777
  •  
  •  
  •  

काठमाडौं, २७ असाेज (ओएनएस) : उज्ज्वल तारा स्कुल काँडाघारीले वडादशैंको अवसरमा शनिवार आयोजना गरेको ‘दशैं रन फर गुड हेल्थ’ मा सहभागी भएका मध्ये ५१ जना विजयी भएका छन्। प्रतियोगिताको विभिन्न १७ वटा विधामा महिला र पुरुष गरी ६५० जना मध्ये ५१ जना विजयी हुँदै पदक हात पारेका छन्। 

‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगितामा अन्तरगत महिलाका र पुरुषहरुका लागि ५ किलोमिटर हिडँने प्रतियोगिता समेत समावेश गरिएको विद्यालयका सल्लाहकार एवम् कार्यक्रमका संयोजक कर्णेल विष्णु बहादुर कार्कीले बताए। उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित उक्त ‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मी र ४० वर्षमाथिका महिला र पुरुषले पनि सहभागिता जनाएका थिए ।विद्यालयका संस्थापक सल्लाहकार तथा कार्यक्रम संयोजक कार्कीले १५ देखि २० वर्ष उमेर समूहको पुरुषतर्फ प्रविन वोहोरा, सागर श्रेष्ठ, सुमन न्यौपाने तथा ३ किमी महिलातर्फ श्रयस्का शिल्पकार, रेस्टिना सितीखु र प्रकृति सुवाल क्रमशः पहिला, दोस्रा र तेस्रा भएकाे बताए ।

स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा वडादशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्य सहित विद्यालय प्रांगणबाट शुरु भएकोे सो दौड प्रतियोेगिताको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले उद्घाटन गरेको थिए।

प्रतियोेगिताका विजयीलाई मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिंखडा, ८ नंका अध्यक्ष श्रीकृष्ण चापागाइ, ९ नं अध्यक्ष कुन्दन खड्का, विद्यालयकी सल्लाहकार शुश्मा पोखरेल, फिटनेश च्वाइसका अध्यक्ष उत्तम सिलवाल, कार्यक्रम संयोजक कर्णेल विष्णु बहादुर कार्की,विद्यालयका अध्यक्ष गायत्री कार्की, प्रिन्सिपल सम्झना पोखरेल शाह, हाम्रो मेलमिलाप सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहाल, नेपालको पहिलो व्यवसायीक गल्फ खेलाडी घनश्याम थापा तथा समाजसेवी सुनिल कटुवाल लगायतले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरेका थिए।    


  •  
  •  
  •