राष्ट्रिय सभा : छलफल बिना ११ वटा विधेयक पारित

451
  •  
  •  
  •  

काठमाडौं, २१ असाेज (ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रहेका राधेश्याम अधिकारीले केही दिनअघि राष्ट्रिय सभाले पारित गरेकाे ११ वटा महत्वपूर्ण विधेयकहरु छलफल नै नगरी पारित भएकाे बताएका छन्।

आइतबार संसदीय मामिला पत्रकार समाजको प्रशिक्षण कार्यक्रममा कानुनविद् समेत रहेका राष्ट्रिय सभा सदस्य अधिकारीले यस्ताे बताएका हुन्। उनले प्रतिनिधि सभाबाट पारित भएका ती विधेयकहरु राष्ट्रिय सभामा छलफल नै नभई पारित भएको जानकारी दिए।

संसद्को दुवै सदनमा विधेयक बारे छुट्टाछुट्टै छलफल पछि पारित गर्ने प्रावधान भए पनि राष्ट्रिय सभाले समय अभावका कारण छलफल बिना नै पारित गरेको हो। उनले भने,’हामीले केही विधेयकहरु पल्टाएर हेर्नसम्म पनि पाएनौं।’

यी हुन् विधेयकहरु

  • जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन–२०६८ लाई संशोधन गर्न बनेको विधेयक
  • सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • अनिवार्य तथा नि:शुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • रोगजारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफल
  • खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार विधेयक
  • उपभोक्ता संरक्षण सम्बन्धी कानून विधेयक

  •  
  •  
  •