नेकपाका दुर्इ नेता खनाल र नेम्वाङ मिलेर छुट्टयाए कराेडाैँका ३७ योजना

45
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (अाेएनएस) : सत्तारुढ दल नेकपाका दुर्इ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ मिलेर इलाममा ३७ वटा योजना छुट्टयाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार÷चार करोड उक्त योजना अन्तरगत विनियोजन गरिएकाे हाे। नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरी प्रस्तुत गरेका थिए।

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकामा रु १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् ।

यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गरेका हुन् । नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गरेका हुन्।


  •  
  •  
  •