काठमाडौं, ५ कार्तिक (ओएनएस) : प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार दिउँसो २ बजेदेखि बसेको बैठकमा पार्टीको प्रदेश इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय सदर भएको छ । त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
त्यसैगरी बैठकमा पार्टीमा असहमती जनाउँदै आएको माधव नेपालले प्रस्तुत गरेको असहमतिपत्र बारे गम्भीर छलफल भएको छ। बैठकमा पार्टी एकीकरणअनुसार अघिल्ला दिनमा भएका विधि, विधान र निर्णयलार्इ मिचेर स्थानीय तह लगायतका नेतृत्व तोकेको भन्दै आगामी दिनमा त्रुटी नगर्ने र नदोहोर्याउने सहमति भएको छ ।
पार्टीको बाँकी एजेन्डामा छलफल गर्न आगामी ७ गते दिउँसो ३ बजे अर्को बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।