प्रदेश ७ का सामाजिक विकासमन्त्रीमाथि लाग्याे यस्ताे गम्भीर अाराेप, मन्त्री पदबाट भए ‘बर्खास्त’

68
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (अाेएनएस) : केहि दिन अघि प्रदेश नम्बर ३ का मन्त्री केशव स्थापीत मन्त्री पदबाट बर्खास्त भएकै शैलीमा प्रदेश नम्बर ७ का पनि एक मन्त्री बर्खास्तीमा परेका छन् । नेकपा स्राेतका अनुसार सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका हुन् । पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराख्नुका साथै अन्य आरोपमा तत्कालिन एमालेको तर्फबाट मन्त्री बनेका मन्त्री सोडारीलार्इ साेही प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएका हुन्।

नेकपाका ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री भट्टले उनलाई पदबाट हटाएको बताइएको छ । यसबारे नेकपा प्रदेश नम्बर ७ ले मंगलबार पत्रकार सम्मेलन गरेर बृहत रुपमा जानकारी गराउने तयारी गरेको छ।


  •  
  •  
  •