अन्तर प्रदेश परिषदको बैठक डाक्न आग्रह

326
  •  
  •  
  •  

काठमाडौं, ८ कार्तिक (ओएनएस) : राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले यथाशक्य चाँडो अन्तर प्रदेश परिषदको बैठक डाक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा उनले भने,‘अहिलेसम्म अन्तर प्रदेश परिषदको बैठक भएको छैन । प्रधानमन्त्रीजी यसमा चुक्नुभयो । अब विलम्ब नगरी बोलाउनुपर्छ ।’

उनले संघीय सरकारले मुलुकमा अराजकताको स्थिति सिर्जना गर्न खोजेको पनि आरोप लगाए । उनले भने,‘संघीय सरकार शासन गर्न चाहन्छ । सबै संविधानबमोजिम चल्नुपर्छ । २ नम्बर प्रदेश संविधानबमोजिम नै चलेको छ ।’

२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा त्यस्तो विरोध गर्नुपर्ने के कुरा छ भन्दै उनले प्रश्न समेत तेर्साए । उनले भने,‘२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा के छ ? संविधान विरोधी के कुरा छ ?’ उनले अहिलेपनि संघीय प्रहरी ऐन दराजभित्र बन्द गरेर राखिएको भन्दै आपत्ति जनाए । उनले भने,‘सबैले संविधानबमोजिम अभ्यास गर्नुपर्छ ।’


  •  
  •  
  •