१५ लाख बराबरका मोबाईल बरामद

335
  •  
  •  
  •  

काठमाडाैं, ११ कात्तिक (अाेएनएस) : महेन्द्रनगरदेखि काठमाडौं जाने यात्रुबाहक बसमा प्रहरीले १५ लाख बराबरकाे मोबाईल बरामद गरेकाे छ।

शनिबार महाकाली यातायातको महेन्द्रनगरदेखि काठमाडौँका लागि छुटेको लु २ ख १९४३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलि गरेर ल्याएको १५ लाख बराबरका मोबाईल प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरले विशेष सूचनाकाे अाधारमा उक्त १५ लाख बराबरकाे मोबाईल बरामद गर्न सफल भएकाे हाे।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले उक्त बसबाट ओप्पो, स्यामसङ नोट ९ कम्पनीका ४४ थान मोवाईल बरामद गरिएको बताए ।

बसधनी एव कर्मचारीले कुनै यात्रुले आफ्नो बसमा राखेको सशस्त्रलाई प्रतिकृया दिएका थिए । बरामद गरिएका मोबाईल भन्सार चलान गरिने छन् । यात्रु बाहकबाट यसरी लाखौँका मोबाईल बरामद भएपछि महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने बसमा तस्करी हुने गरेको प्रहरीले दावी गरेको छ ।


  •  
  •  
  •