काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलार्इ प्रहरीले किन राख्याे दुई घण्टा हिरासतमा

408
  •  
  •  
  •  

काठमाडौं, ९ कार्तिक (ओएनएस) : छिमेकी मुलुक भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलार्इ प्रहरीले पक्राउ गरेर दुई घण्टा हिरासतमा राखेकाे छ । सीवीआई प्रमुख आलोक बर्मालाई नरेन्द्र माेदी नेतृत्वकाे सरकारले बर्खास्त गरेपछि गरिएकाे विरोध प्रदर्शनकाे क्रममा राहुल पक्राउ परेका हुन् ।

विरोध र्‍यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्‍यालीबाटै प्रहरीले पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छाडिएको छ ।

गान्धीले लोधी रोड पुलिस स्टेशनबाट निस्कदै गर्दा प्रधानमन्त्री मोदीले बदमासी गरेको प्रतिक्रिया दिए । उनले मोदीले बदमासी गरेको विषय सम्पूर्ण भारतले बुझेको भन्दै आफु देशका लागि जतिपटक पनि गिरफ्तारी दिन तयार रहेको बताए ।

आम निर्वाचन आउन एक वर्ष बाँकी रहँदा विपक्षी दलका नेता राहुल गान्धी मोदी सरकारका काम कारवाहीप्रति आक्रामक हुँदै आएका छन् ।

 


  •  
  •  
  •