नेकपाको तल्लो तहमा अझै दुई पार्टी

293
  •  
  •  
  •  

काठमाडौँ — पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।

केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्। यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो।

केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्। तिनको बैठक नै बस्न छाडेको छ। यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन्।

पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र। स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


  •  
  •  
  •