‘देशको झण्डा देख्दा साहस बढ्थ्यो, त्यही भएर प्रतियोगिता जितें’ : साह

415
  •  
  •  
  •  

काठमाडौं, ९ कार्तिक (ओएनएस) : भारतीय संस्था राईट दि हिमालयनले अक्टोवर १० देखि १३ सम्म आयोजना गरेको २० औं राईट दि हिमालयन रेस–२०१८ का विजेता दीपककुमार शाहले नेपालमा पनि साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र त्यसको बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने,‘उक्त प्रतियोगितामा विश्वका धेरै प्रतियोगिहरुले भाग लिएका थिए, साँढे ४ हजार मिटर उचाईमा माईनस २० डिग्री तामक्रममा मैले उक्त रेसको उपाधि जितें, यो मेरो जित होईन, देशको जित हो, अघिल्लो वर्षपनि भाग लिएको थिएँ, खुट्टा भाँचियो, यो वर्ष मैले उपाधि जितें, बाटोमा कतै थोरै पनि हरेस सिर्जना हुँदा नेपाललाई सम्झिन्थें, बाईकको सिसाबाट मेरो शरिरमा भएको नेपालको झण्डा देख्थें त्यसपछि साहस बढ्थ्यो, त्यही साहसकासाथ मैले रेसको प्रतियोगिता जित्न सफल भएँ ।’

रेसको २० औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेका दीपक कुमार साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न भएको प्रतिष्पर्धामा बाईक चलाउँदै गरेको अनुभव सुनाउँदै आफूले वीरपुर्खालाई सम्झेको बताए ।
उनले भने,‘काश्मिरको लेखमा चढ्दै गर्दा मैले हाम्रो पूर्खालाई सम्झेको थिएँ, देशको स्वाभिमान र राष्ट्रियताका बारेमा सम्झेको थिएँ ।’

सम्मान कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. डम्बर नारायण यादव, कांग्रेस नेता भरत खड्का, क्लबका सभापति ऋषि धमला, नेपाल–भारत पुस्ताकालयका प्रमुख महेश शर्मा लगायतले रेस विजेता साहलाई बधाई दिँदै सरकारले यस्ता प्रतिभाहरुको कदर गर्नुपर्नेमा जोड दिएका थिए ।


  •  
  •  
  •