नेकपाको सचिवालय बैठक अन्तिम समयमा स्थगित

423
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बैठक स्थगित भएको छ । पार्टीको तल्लो तहकाे एकताबारे गम्भीर रुपमा छलफल गर्न भनिएकाे बैठक स्थगित भएको हाे।

बुधबार ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनेको वैठक अन्तिम समयमा आएर स्थगित नेकपाकाे सचिवालयले जनाएकाे छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्थताका कारण बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए।

अर्को बैठक भोलि (विहिबार) ११ बजेलाई तय भएको छ ।


  •  
  •  
  •