न्यूजिल्यान्डमा ६.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

582
  •  
  •  
  •  

काठमाडौं,१३ कार्तिक (एजेन्सी) : न्यूजिल्यान्डमा ६.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएकाे छ। न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार उक्त भूकम्प गएको हाे । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका संचारमाध्यमहरुले जनाएका छन्।

वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको रहेको पुष्टि गरेकाे छ । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भूभागमा अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गरेका छन् । गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताए । उनले संसदको कारवाहीलाई केही समयका लागि रोकिएको जानकारी दिए । एएफपी


  •  
  •  
  •