काठमाडौं, ३० असोज (ओएनएस) : कपिलवस्तुमा महिला प्रहरीमाथि प्रहरीले नै बलात्कारको प्रयास गर्दा एक प्रहरी जवान हिरासतमा पुगेका छन्। आफ्नै महिला सहकर्मीमाथि बलात्कारको प्रयास गर्दा प्रहरी जवान २१ वर्षीय भरत ओली बलात्कारको प्रयास गर्दा हिरासतमा पुगेका हु्न् । प्रहरी जवान ओली जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत छन्। आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ ।
प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ड्युटी सकेर घर जाने क्रममा ओलीले समातोर जबरजस्ती गर्न खोजेका थिए ।बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई यही असोज २० गते जबरजस्ती प्रयास गरेका थिए ।
तर महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए । लगत्तै ती महिला प्रहरीले आफ्नो श्रीमानलाई खबर गरेकी थिइन् । त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परको हुन् ।