अन्तत: सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ले पायो वैधानिकता

466
  •  
  •  
  •  

काठमाडौं, ९ कार्तिक (ओएनएस) : सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ (ने क पा)ले अन्तत: बैधानिकता पाएकाे छ। निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वकाे नेकपाले हालेको निवदेनलार्इ खारेज गर्दै सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ (ने क पा) लार्इ कानुनी रुपमा वैधानिकता दिएको हाे।

कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा केही दिनअघी उजुरी दिएको थियो । दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर दुर्इ दिनअघि छलफल समेत गराएकाे थियाे।

यो विषयमा निर्णय गर्न प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको संलग्नतामा निर्वाचन इजलास गठन भएको थियो । उक्त इजलासले बहस सुनिसकेपछि ऐन, कानुन हेरेर तथा कानुनी परमर्श गरेर निर्णय गरेको हो ।

बहसमा सत्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी थिए भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेल सहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी सहभागी थिए ।


  •  
  •  
  •