पूर्वप्रधानमन्त्री जियालाई थप सात वर्ष जेल सजाय

413
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (एजेन्सी) :पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय सुनाइएकाे छ। बंगलादेशको एक अदालतले जियालाई थप सात वर्ष जेल सजाय सुनाएकाे हाे।
खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् ।

अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेस्नालिस्ट पार्टी (बिएनपी) का कार्यकर्ताबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बिएनपीको नेतृत्व गरिरहेकी छन्।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्दी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । यसअघि भ्रष्टाचारको आरोपमा जियामाथि पाँच वर्षको जेल सजाय तोकिएको थियो । न्यायाधीश मोहम्मद अख्तरुज्जमानले सो मुद्दामा दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।


  •  
  •  
  •