नेकपा सचिवालय बैठक बस्दै, अाजकाे यस्ता छन् मूख्य एजण्डा

557
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्न लागेकाे छ। पार्टीको तल्लो तहकाे एकताबारे गम्भीर रुपमा छलफल गर्न बैठक बस्न लागेकाे बताइएकाे छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने नेकपाकाे सचिवालयले जनाएकाे छ। बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाही लगायतका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन्।

यसअघि सचिवालय बैठक पटक–पटक बसे पनि पार्टी एकताबारे निर्णय हुन सकेको छैन। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको लामो समय भइसक्दा पनि तल्लो तह र जनसंगठनहरू एकता हुन नसक्दा कार्यकर्ताहरूमा निराशा बढ्दै गएको छ।

नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी भने तोकिसकेको छ। तर यसमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति दर्ज गराएका छन्।


  •  
  •  
  •