‘नेपालमा राजनीतिक गतिविधिमा भाग लिए निकाला’

262
  •  
  •  
  •  

काठमाडौं ८ जेठ । बेलायतले नेपालमा भइरहेका राजनीतिक गतिविधिमा सहभागी नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ । बेलायती विदेश मन्त्रालयले हालै अद्यावधिक गरेको ‘ट्राभल एड्भाइस’ मा आफ्ना नागरिकलाई नेपालमा भइरहेका राजनीतिक गतिबिधीमा सहभागि नहुन र भएको खण्डमा नेपालको कानुन अनुशार दण्डित गर्दै देश निकाला गर्न सक्ने भन्दै सचेत गराइएको छ ।

बेलायती विदेश मन्त्रालय ‘फरेन एन्ड कमन वेल्थ’ ले नेपालमा हुने प्रदर्शनहरुबाट टाढा रहन नेपाल भ्रमणमा जाने बेलायती पर्यटकलाई आग्रह गरेको हो ।

मधेशी दलहरुको काठमाडौ केन्दित्र आन्दोलनका क्रममा चार जना बेलायती नागरिक संलग्न भएको भेटिएको थियो । ती बेलायती नागरिकहरुले ‘लिम्बुवान’ लेखिएको रातो फेटा टाउकोमा गुथेर मधेशी दलको आन्दोलनमा नारा लगाएका तस्बिर सार्वजनिक भएका थिए । ती मध्ये एक जनालाई तस्बिरका आधारमा पक्राउ गरी प्रहरीले पछि निर्दोष भन्दै रिहा गरेको थियो ।

बेलायतीहरु काठमाडौमा पक्राउ परेका समाचार सार्वजनिक भएको एक साता पछि बेलायतले आफ्ना नागरिकलाई नेपालका राजनीतिक गतिविधि सहभागी नहुने अपिल गरेको हो ।


  •  
  •  
  •