पीपीएल : चितवन राइनोजद्धारा काठमाडौं रोयल्स पराजित

503
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजद्धारा काठमाडौं रोयल्स पराजित भएकाे छ। पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले दोस्रो जित दर्ता गर्दै  काठमाडौं रोयल्सलाई १३ रनले पराजित गरेकाे हाे। यसले चितवन राइनोजलार्इ प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

सुरुका २ खेलमा लगातार हार ब्यहोरेको चितवनले बुधवार भएको तेस्रो खेलमा धनगढी ब्लुजलाई पराजित गर्दै पहिलो जित निकालेको थियो। यो सँगै चितवनले ४ खेलबाट ४ अंक जोडेको छ। काठमाडौंले भने तेस्रो खेलमा आएर पहिलो हार ब्यहोरेको छ। अघिल्ला २ खेलमा लगातार जित निकाल्दै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको थियो। चितवनसँग हारेपनि काठमाडौंको प्लेअफमा सम्भावना कायमै छ। जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ।

पोखरा रंगशालामा बिहीबारको पहिलो खेलमा चितवन राइनोजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौं रोयल्स २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमा समेटिएकाे हाे।


  •  
  •  
  •