भारतीय नेता सीताराम यचुरी काठमाडौँमा

527
  •  
  •  
  •  

काठमाडौं, ८ कार्तिक (ओएनएस) : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौँ आइपुगेका छन्। सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा यचुरी बिहीबार विहान काठमाडौँ आइपुगेका हुन्।

यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने बताइएको छ ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।
दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भई नेकपा बनेपछि आयोजना गर्न लागिएको चियापानमा सहभागी हुन नेकपाले यचुरीलाई विशेष निमन्त्रणा गरेको थियो।

त्यसबाहेक यचुरीलाई नेकपाले पोखराको भ्रमणपनि गराउने कार्यक्रम छ।


  •  
  •  
  •