पीपीएल : चितवन राइनोजले दियो काठमाडौं रोयल्सलार्इ एक सय ५० रनको लक्ष्य

599
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गको आजको खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई एक सय ५० रनको चुनौती दिएको छ । यसअघि टस जित्दै काठमाडौंले फिल्डिङ रोजेको थियो । चितवनले निर्धारित २० ओभर खेल्दै ५ विकेटमा क्षतिमा एक सय ४९ रनको योगफल तयार पारेको हो ।

हरिले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बलमा हरिले ५ चौका र ३ छक्का प्रहार गरे । राम्रो शुरुवात गरेको चितवनका लागि ओपनर ब्याट्सम्यानद्धय अनिल कुमार साह र हरिशंकर साहले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए ।

७ ओभर २ बलमा अनिल साह पहिलो विकेटको रुपमा २७ रनमा आउट भए । कप्तान पारस खड्का १४ रनमा नन्दन यादवबाट बोल्ड आउट भए । हरि शंकर साह र स्मिथ पटेलले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । स्मित पटेल ३१ रनमा रन आउट भए । सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका नन्दन यादव, बसन्त रेग्मी र पवन सर्राफले समान १ विकेट लिए ।

यो खेलमा जित हात पारे काठमाडौंले प्ले अफमा स्थान बनाउनेछ । हारले पनि काठमाडौंको प्ले अफ पुग्ने सम्भावना जीवितै रहनेछ । यता, चितवले यो खेल जितेको अवस्थामा भने प्ले अफ पुग्ने सम्भावना बलियो बनाउने छ । काठमाडौं भने लिगमा अपराजित छ । चितवनले दुई खेलमा जित र १ खेलमा जित निकालेको छ ।


  •  
  •  
  •