बार्सिलोनाद्धारा इन्टर मिलान पराजित

382
  •  
  •  
  •  

काठमाडौं, ८ कार्तिक (ओएनएस) : यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा कप्तान लिओनेल मेसी नहुँदा पनि इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । बार्सिलोनाले खेलमा धेरै कठिनाइ काे सामना गर्दै इन्टर मिलानलाई पराजित गरेको हाे ।

खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो । लुइस सुआरेजको क्रसमा उनले भलीमार्फत गोल गरेका थिए ।

पहिलो हाफमै इन्टरका गोलरक्षक सामिर हान्डानोभिचले लुइस सुआरेज र क्लेमेन्ट लेङलेटको प्रहारलाई विफल तुल्याएका थिए । फिलिपे कोउटिन्होले दोस्रो हाफमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । ८३ औं मिनेटमा भने बार्सिलोनाले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरे ।

च्याम्पियन्स लिगमा लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ ।


  •  
  •  
  •