निर्दाेषलाई प्रहरीले समात्याे,खाली कागजमा हस्ताक्षर गराएर प्रहरीले किर्ते गर्यो : मेयर ममताप्रसाद

कानूनी प्रकृयाद्धारा नै जाहेरी दर्ता गरिएकाे : एसपी घिमिरे
312
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले अस्तालबाट घटनाबारे भित्री कुराको खुलासा गरेका छन्। उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको बताएका छन्।

उनले आफूमाथि आक्रमण हुँदा श्रीमती भान्सा कोठाभित्र चुकुल लगाएको अवस्थामा भएको भन्दै आक्रमणकारीको अनुहार समेत नदेखेको बताउँदै आक्रमणको बहानामा निर्दोषलार्इ प्रहरीले पक्राउ गरेकाे बताए।

उनले भने,’ निर्दाेषलार्इ पक्राउ गर्नु , प्रहरीकाे याे ज्यादती हाे, प्रहरीले निर्दोषलाई समातेर बास्तविक दोषीको खोजी नगरेको मेयर चौधरीले आरोप लगाए।

उनले सुख्खड प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आफ्नी श्रीमतीलाई बोलाएर खाली कागजमा हस्ताक्षर गरेर किर्ते किटानी जाहेरी गरेको बताए।

मेयर ममताप्रसादले भने, श्रीमतीलाई प्रहरी कार्यालयमा बोलाएर ३० गते किटानी जाहेरी दिन लगाए, घटनामा संलग्नलाई श्रीमतीले चिन्दिनन्, उनले आवाजमात्र सुनेकी थिइन् । भान्साकोठामा चुकुल लगाएर आक्रमणकारीले उनलाई बन्द गरिदिएका थिए । मैले पनि आक्रमणकारीलाई चिन्दिनँ । प्रहरी कार्यालयमा श्रीमतीलाई बोलाएर खाली कागजमा हस्ताक्षर गरायो र किर्ते किटानी जाहेरी खडा गरी दर्ता गर्यो’

ममताप्रसादले प्रहरीले १३ जनाको नाममा किटानी जाहेरी गरेको आफूले सुनेको बताउँदै आफ्नो श्रीमतीलाई झुक्याएर प्रहरीले दर्ता गरेको दाबी गरे। उनले आफूले पक्राउ गराएको भन्ने आरोप आउन सक्ने भन्दै पक्राउ गराउनेमा आफ्नो कुनै हात नभएको बताए ।

मेयर चौधरीले भने ‘प्रहरीले आफ्नो ब्यक्तिगत दुश्मनी भएको व्यक्तिलाई मनोमानी तरिकाले मेरो श्रीमतिलाई झुक्याएर जाहेरीमा हस्क्षार गर्न लगाई जाहेरी दर्ता भएको हो’मेयर चौधरीले प्रहरीले निर्दोसलाई पक्राउ गरेर दोषीलाई खोज्न नसकेको आरोप लगाए।

यसै विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विनाेद घिमिरेसँग कुराकानी गर्दा उनले भने,’हामी कानूनी प्रकृयाद्धारा नै जाहेरी दर्ता गरेकाे र अहिले पनि साेही घटनाकाे गहनरुपमा अध्ययन गरिरहेका छाै’

 


  •  
  •  
  •