‘मी टू’ अभियानबाट पछि हटिन् यी अभिनेत्री

805
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर (एजेन्सी) : भारतमा महिला हिंसाविरुद्धको ‘मी टु’ अभियान चलिरहेकाे बेला बलिउडमा मच्चाएको सनसनीले अन्य पीडितहरु पनि विगतमा आफुसँग भएको यौन दुर्व्यवहार बारे खुलेर बोल्न थालेका छन्। भारतीय फिल्मक्षेत्रमा अहिले ‘मिटू’ को ह्यासट्यागले सबै बलिउडकर्मीलाई तानेको छ । यस अभियानले बलिउडमा चिरपरिचित अभिनेता तथा कलाकाहरुमाथि यौन शोषणको आरोप लाग्न थालेकाे छ । मिटू अभियान भित्रिएलगत्तै अहिलेसम्म बलिउडका विभिन्न नायक, निर्देशक र निर्मातामाथि यौनहिंसाको आरोप लागिसकेको छ ।

नाना पाटेकर देखी अशोकनाथ सम्मका चर्चित हस्तीहरु माथि यौन हिन्शाको आरोप लाग्यो । आरोपकै नाना पाटेकरले हात परेको फिल्म छोड्नु पर्‍यो भने निर्देशक साजिद खानको हालत पनि त्यस्तै भयो । संगीतकार अनु मल्लिक पनि ‘मी टू’ अभियानमा मुछिए । उनले पनि त्यसको मुल्य चुकाउनु पर्‍यो । अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकर माथि यौन शोषणको आरोप लगाए पछी ‘मी टू’ ले ठुलो रुप लियो । भारत हुँदै यसले नेपालमा समेत प्रभाव पर्‍यो ।

तर पछील्लो समय आएर ‘मी टू’ सुस्ताउदै गएको छ । एक समय बलियो प्रभाव छोडेको ‘मी टू’ अहिले कमजोर बन्दै गएको छ । आरोप लागे लगत्तै केही बलिउडकर्मीहरुले फिल्म छोड्न परे पनि उनिहरु माथि लागेको आरोप अहिले कमजोर बन्दै गएको छ । यो अभियान यती सम्म कमजोर बनेको छ कि आरोप लगाएकाहरु नै अहिले आरोप फिर्ता लिन लागेका छन् । कतिपय अभिनेत्रीहरु करियर बनाउने बेलामा यस्ता झिनामसिना कुरामा अल्झेर समयकाे वर्वादिकाे हुनुका साथै करियरमा धक्का पुग्ने हुँदा दिएकाे उजुरी समेत फिर्ता लिन थालेका छन्।
अभिनेत्री केट शर्माले यसको सुरुवात गरिकी छिन् । केटले चर्चित निर्देशक सुबाश घई माथि यौन शोषणको आरोप लगाएकी थिईन् ।

केटले सुबाश घईले आफुलाई जबरजस्ती किस गर्न खोजेको आरोप लगाएकी थिईन् । तर अब केटले यो मुद्दा फिर्ता लिने भएकी हुन् । केटले मुद्दा अघी नबढाउन मुम्बई प्रहरीलाई आग्रह गरेकी छिन् । आरोपित कसैलाई पनि पक्राउ नगरि ‘मी टू’ लाई मजाक बनाएको भन्दै केटले मुद्दा फिर्ता लिने बताएकी हुन् । तर यही कारणले मुद्दा फिर्ता लिएकी हुन् भन्ने कुरा भने पत्याउन गार्हो हुनेछ । त्यती कारणले नै मुद्दा फिर्ता लिएकी हुन् अथवा अन्य केही कारण पनि छन् त्यो त समयले बताउने नै छ ।यसरी मुद्दा फिर्ता लिदा कतै ठुला हस्ती सँग अभिनेत्रीहरु डराएका त होइनन् भन्ने प्रश्न चिन्ह खडा हुनेछ । किनकी ‘मी टू’ का आरोपीहरु चर्चित बलिउड हस्तीहरु रहेका छन् ।


  •  
  •  
  •