२० वर्ष अघि कालो हरिण मारेको आरोपमा सलमान खानविरुद्ध आज फैसला सुनाइँदै, जेल सजाय हुन सक्ने सरकारी वकिलकाे दावी

344
  •  
  •  
  •  

२२ चैत्र : २० वर्ष अघि कालो हरिण मारेको आरोपमा अभिनेता सलमान खान लगायत केही कलाकार विरुद्ध आज अदालतमा अन्तिम फैसला सुनाइँदैछ। जोधपुरको एउटा अदालतले कालो हरिणको शिकार गरेको आरोपमा दुई दशकपछि अभिनेता सलमान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध बिहीबार अदालतले मुद्दकाे अन्तिम किनार लगाउन लागेकाे हाे।

केही बेरमा अदालतले फैसला सुनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ । सलमान खान मुम्बई विमानस्थलबाट चार्टड विमानमा बहिनीहरु अलविरा अग्निहोत्री र अर्पिता खान शर्माको साथमा जोधपुर पुगिसकेका छन् । आरोपी अन्य कलाकार पनि जोधपुर पुगिसकेका छन् ।

मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए । फैसला सुनाउने क्रममा आरोपी सबै कलाकार अदालतमा उपस्थित रहनेछन् ।

केही बेरमा अदालतले फैसला सुनाउने बताएको छ । अदालत परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ । सलमान खान मुम्बई विमानस्थलबाट चार्टड विमानमा बहिनीहरु अलविरा अग्निहोत्री र अर्पिता खान शर्माको साथमा जोधपुर पुगिसकेका छन् । आरोपी अन्य कलाकार पनि जोधपुर पुगिसकेका छन् ।

के हो घटना ?

यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानले कालो हरिण मारेको आरोप लागेको छ । साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश छ ।

सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १ सय ४२ अन्तरगत मुद्धा चलाइएको छ ।

के भन्छन् सरकारी वकिल ?

सरकारी वकिल भवानीसिंह भाटीका अनुसार त्यो रात सबै कलाकार जीपमा सवार थिए । जीप सलमानले चलाइरहेका थिए । हरिणको बथान देख्नेबित्तिकै सलमानले बन्दुक चलाएर दुइटा हरिण मारे ।

सरकारी वकिलका अनुसार जब गाउँका स्थानीयले कलाकारले हरिणमाथि गोली चलाएको देखे, उनीहरु मृत हरिणलाई त्यहीँ छोडे भागे । भाटीले कलाकारविरुद्ध आफूहरुसँग पर्याप्त प्रमाण रहेको बताए ।

सलमानका वकिल के भन्छन् त ?

यी आरोपलाई खण्डन गर्दै सलमानका वकिल एचएम सारस्वत अभियोजन पक्षको प्रमाणमा बनावटीपन रहेको छ । सारस्वतले अभियोजन पक्ष हिरण बन्दुककै गोलीबाट मारिएका थिए भन्ने प्रमाण पेश गर्न पनि विफल भएको बताए । यस्तोमा उनीहरुको जाँचको भरोसा गर्न नसकिने उनले बताए ।

यस्तो भएमा जेल बस्नुपर्छ सलमानले

यस मुद्धाका जानकारहरु बताउँछन् यदि सलमान खानलाई ३ वर्षको जेल सजाय सुनाइएमा उनलाई त्यति नै बेला बेल प्राप्त हुनेछ , यदि उनलाई ५ वर्षको जेल सजाय भएमा उनले कम से कम एक दिन जेलमा बिताउनुपर्नेछ । एकदिनपछि शनिबार र आइतबार भएकाले उनले तीन दिन जेलमा बस्नुपर्ने पनि हुन सक्छ ।


  •  
  •  
  •