प्रियंकाले गरिन् सलमानको परिवारलाई चुल्है निम्तो, अरु कसलार्इ दिइन् निम्ताे?

642
  •  
  •  
  •  

काठमाडाैं, १४ कात्तिक (अाेएनएस) : बलिउड अभिनेत्री प्रियंका चोपडाले गरिन् सलमानको परिवारलाई चुल्है निम्तो पठाएकी छन् । बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंकाबीच केही समययताकाे खटपटले दुवैमा मनमुटाव रहेकाे अनुमान संचारमाध्यमले गरेका थिए। सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको पुष्टि भएकाे संचारमाध्यमले समाचार प्रकाशित गरेका थिए।

प्रियंका चाँडै आफ्ना अमेरिकी प्रेमी निक जोनससँग बिहे गर्दैछिन् । उक्त विहेमा सलमानलाई उनले निम्ता नगर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुमानलाई गलत सावित गर्दै उनले सलमानलाई चुल्है निम्तो पठाएकी हुन् । बिहेमा सपरिवार निम्तो पठाएर प्रियंकाले सलमानलाई फकाउने प्रयास गरेको देखिन्छ । प्रियंकाकी बहिनी अर्पितालाई पनि उनले निम्ता गरेकी छन् । अर्पिता र प्रियंकाकी मिल्ने साथी हुन् ।

प्रियंकाले बिहेमा बोलाउने अन्य केही नामहरु पनि सार्वजनिक भएका छन् । जसमध्ये एक चर्चित जोडी हुन् रणवीर कपुर र आलिया भट्ट । उनीहरु केही समयदेखि प्रेममा छन् ।

प्रियंकाले आफ्नो आगामी फिल्म ‘द स्काई इज पिंक’ का कोस्टार फरहान ख्तर र प्रोड्यूसर सिद्धार्थ राय कपुर । यदि सिद्धार्थ यो विवाहमा सहभागी भने उनकी पत्नी विद्या बालन पनि आउन सक्छिन् । त्यसो भएको खण्डमा रोचक माहोल हुनेछ । किनकी प्रियंका र विद्या दुवै अभिनेता शाहिद कपुरका पूर्व प्रेमिका हुन् ।

प्रियंका र निकको बिहेमा १५ सय देखि २ हजार पाहुनाहरु आउन सक्ने अनुमान गरिएको छ । बलिउडमा यसलाई यो वर्षकै सर्वाधिक ठूलो वैवाहिक समारोहका रुपमा हेरिएको छ ।


  •  
  •  
  •