ऐन विपरित सवारी चलाउनेलाई सार्वजनिक अपराधको मुद्दा

221
  •  
  •  
  •  

रुपन्देही,२५ कार्तिक (ओएनएस) ईलाका प्रहरी कार्यालय बुटबलले प्रहरीले सवारी ऐन विपरित चलाउने चालकहरुलाई पक्राउ गरी ४ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।
प्रहरी निरिक्षक सोम थापाका अनुसार इप्रकाले मदिरा सेवन गरेर सार्वजनिक यातायातका साधन चलाएका ४ जना चालकलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

पछिल्लो समय यस्ता अपराधमा उनले भने चेकजाच कडा पारेपछि दुर्घटनामा पनि कमी आएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मदिरा सेवन गर्ने, आभरलोड सामान वोक्ने, लाइसेन्स नभएका चालकहरु चेकजाचका क्रममा फेला परेका छन ।

पछिल्ला दिनमा पक्राउ परेका मध्ये बुटवल ७ बस्ने लु १ ख ३७२० नम्वरको माइक्रो वसका चालक टेकवहादुर, बुटवल १३ बस्ने वा २ ख १५९२ नम्वरका माइक्रो वसका चालक ओमवहादुर विकलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । त्यस्तै लु २ त ४३७४ नम्वरका टंयाक्टर चालक रुपन्देही सौ फर्साटिकरका हरिराम थारु र सौ फर्साटिकर ८ का लु २ त ४९३६ नम्वर टंयाक्टरका चालक तारा थारुलाई पनि प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको छ ।

प्रहरी निरिक्षक थापाले आवश्यक कारवाही प्रक्रिया अगाडी बढेको बताए ।पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पछिल्ला केही दिनमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा सवारी ऐन विपरित चलाउने चालकहरुलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दासम्म चलाइएको छ ।

पश्चिम क्षेत्र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक हरिराज वाग्लेका अनुसार मदिरा सेवन गरी सवारी चलाउने देखि सवारी चालक अनुमती पत्र नै नभइ सवारी चलाउनेसममका पक्राउ परेका छन । दुर्घटना न्यूनिकरण गर्न पश्चिमाञ्चलका सबै स्थानमा चेकजाच कडाई पारिएको उनले बताए ।

ट्राफिक प्रहरीका एसपी वाग्लेले पछिल्ला दिनमा कपिलवस्तु र नवलपरासीमा पनि केही चालक पक्राउ परेको र उनीहरुलाई मुद्दा चलाइएको बताए । सडकमा निकै बेथिति बढेकाले कडाइका साथ प्रहरी प्रस्तुत भएको वाग्लेले बताए ।

 

 


  •  
  •  
  •