काँग्रेसका ५ सदस्यले मस्यौंदामाथि धारण राख्दै सकियो बैठक

568
  •  
  •  
  •  

काठमाडौं, १३ मंसिर(ओएनएस) : नेपाली काँग्रेसका ५ सदस्यले प्रस्तावित विधान मस्यौंदामाथि अा-अाफ्नाे धारण राख्दै बैठक टुङ्गाएका छन्।

विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा संशोधन मस्यौंदा केन्द्रित रहेर केन्द्रीय सदस्यहरु डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राखेका हुन् ।

पहिलो दिनको छलफलमा केन्द्रीय सदस्य पौडेल र जोशीले विधानमा देखिएको असहमतिका विषयबारे व्याख्या गरेका थिए भने अन्य वक्ताले समग्र विधानको व्याख्या गरेका थिए ।

बैठक पार्टी कार्यलय सानेपामा बसेको थियाे। अर्को बैठक शुक्रबार विहान ११ः०० बजे पुनः बस्ने काँग्रेसले जनाएको छ ।


  •  
  •  
  •