चन्द्रमामा भेटियाे बरफ!

928
  •  
  •  
  •  

काठमाडौं,६ भदाैँ (एजेन्सी) : जीवनका लागि अत्यावश्यक पर्ने बरफकाे रुपमा पानीको अस्तित्व चन्द्रमामा रहेको पुष्टि भएको दावी बैज्ञानिकहरुले गरेका छन्।

चन्द्रमामा कुनै प्राणीको अस्तित्व रहे नरहेको विषयमा बैज्ञानिकहरुको अध्ययन जारी रहँदा त्यहाँ पानीको भाग रहेको पुष्टि भएको हो।

चन्द्रमामा ‘बरफ’ भेटिएका कारण त्यहाँ पानी रहेको कुराको पुष्टि भएको बीबीसीले जनाएको छ। वैज्ञानिकका अनुसार बरफका डल्लाहरु चन्द्रमाका उत्तरी तथा दक्षिणी दुबै ध्रुबमा भेटिएका छन्। प्राचीन समयदेखिनै चन्द्रमाको सतहमा बरफको अस्तित्व रहेको अनुमानपनि उनीहरुले गरेका छन्।

सन् २००८ देखि २००९ सम्म चन्द्रमामा रहेको भारतीय अन्तरिक्ष यान चन्द्रयान(१ को उपकरणले यो तथ्य पत्ता लगाएको हो। यसको विस्तृत विवरण ‘नेसनल एकेडेमी अफ साइन्स’ नामक विज्ञान सम्बन्धी अमेरिकी जर्नलमा प्रकाशित छ।सो जर्नलमा उल्लेख भए अनुसार, चन्द्रमामा जम्मा भएको पानीको बरफ विभिन्न स्थानमा छरिएरको छ।

सो जर्नलमा उल्लेख भए अनुसार दक्षिणी ध्रुवमा रहेको बरफ पहाड तथा ज्वालामुखी आकारका छन्। उत्तरी ध्रुवमा रहेको बरफ चाहिँ दक्षिणी ध्रुबमा जस्तो एकै ठाउँमा पहाड आकारमा नभई छरिएर रहेको भेटिएको छ।

चन्द्रमामा यस्ता स्थानहरु पनि छन्, जहाँ सूर्यको प्रकाश समेत पुग्दैन। त्यस्तो स्थानको तापक्रम माइनस १ सय ५७ सेन्टिग्रेड रहेको छ। यस्तोमा बरफहरु पग्लिने अवस्था रहँदैन। वैज्ञानिकका अनुसार चन्द्रमाको तापक्रम दिनमा एक सय सेन्टिग्रेडसम्म पुग्छ, जसले बरफलाई जमिरहन मदत गर्दछ।

चन्द्रमाको कुनै भागको तापक्रम दिनमा एक सय सेन्टिग्रेडसम्म पुग्ने गर्छ। अनुसार चन्द्रमाको तापक्रम दिनमा एक सय सेन्टिग्रेडसम्म पुग्छ, जसले गर्दा जमिरहेको बरफ पग्लिन्छ र पानी बन्छ। यो खोजले चन्द्रमामा पानीको अस्तित्व पुष्टि भएको वैज्ञानिकहरु बताउँछन्।यसले भविष्यमा गरिने अन्य अध्ययन तथा खोजका लागि समेत मदत पुग्ने बैज्ञानिकहरुले बताएका छन्। एजेन्सी


  •  
  •  
  •