काठमाडौं, ८ कार्तिक (ओएनएस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकाे विषयलार्इ लिएर सनसनी पूर्ण खुलासा गरेका छन् । उनले संघीयता खारेज नभए नेपाल नै नरहने चेतावनी समेत दिए।
कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघीयता लादिएको दाबी गरे। उनले भने,’मुलुकमा संघीयता टिके नेपाल कुनैपनि हालतमा रहन सक्दैन्।’
नेता केसीले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएकालेपार्टी आफ्नो सुरुदेखि नै विपक्षमा उभिएको बताए ।