काठमाडौं,७ कार्तिक (एजेन्सी) : बिएमडब्ल्यूको गाडीमा फ्लुड लिक भएका कारण आगो लाग्ने सम्भावना भएपछि कार निर्माता कम्पनी कम्पनीले १६ लाख गाडी फिर्ता माग्ने निर्णय गरेको छ । उक्त १६ लाख गाडी संसारभरीबाट मगाउने निर्णय गरेकाे हाे।
अन्तराष्ट्रिय संचारमाध्यमलार्इ जानकारी दिनेक्रममा बिएमडब्ल्यूले भने,’ केही डिजल वाहनका कुलेन्ट एग्जस्ट ग्यास रिसर्कुलेशन मोडलबाट लिक हुनसक्छन् । यो इमिशन रिडक्शन सिस्टमको हिस्सा हो ।’
सन् २०१० देखि २०१७ का बीच बनाएका केही गाडी फिर्ता लिइएको छ । जसको कार यसबाट प्रभावित छ, कम्पनीले उनीहरुलाई सम्पर्क गर्ने जानकारी दिएको छ । अमेरिका र क्यानडामा करिब ५४ हजार सात सय गाडी यो समस्याबाट प्रभावित छन् ।
यसअघि दक्षिण कोरियामा यसवर्ष करिब ३० वटा कारमा आगो लागेको घटना सार्वजनिक भएपछि बिएमडब्ल्यूले अगस्टमा एशिया र युरोपबाट चार लाख ८० हजार कार फिर्ता बोलाउने घोषणा गरेको थियो ।