फौजदारी अभियोग लागेका आजिवन चुनावमा उठन नपाउने

46
  •  
  •  
  •  

काठमाडौं, १८ भदौ (ओएनएस) : गम्भीर फौजदारी अभियोगमा सजाय पाएका व्यक्ति आजिवन संसदको उमेदवार बन्न नपाउने भएका छन् । संविधानसभा राजनीतिक संवाद समितिकोे बुधवार बसेको बैठकले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएका व्यक्ति उमेदवार बन्न नपाउने निर्णय गरेको समिति सदस्य प्रेमबहादुर सिंहले जानकारी दिए ।

सांसद संख्या र निर्वाचन प्रणाली बाहेक व्यबस्थापिकीय अंगको बिषयमा सहमति भएको समति सभापति डा. बावुराम भट्टराईले जानकारी दिए । बैठकमा प्रमुख दलले केन्द्रीय संसदको सदस्य संख्या १ सय ५१ बनाउन प्रस्ताव गरेका थिए भने साना दलले २ सय ४५ बनाउनु पर्ने बताएका थिए । संसदको सदस्य संख्या र निर्वाचन प्रणालीको बिषय शासकीय स्वरुप र राज्यपुर्नसंरचना संगै टुगो लाग्ने सभापति भट्टराईले बताए ।

भोली राजनीतिक दलहरुबीच अनौपचारिक छलफल गर्ने र शुक्रवार दिनभर बसेर सहमति कायम गरिने भट्टराईले बताए । संविधान लेखन कार्यतालिका अनुसार शनिवार सम्म सबै विबादित बिषयमा सहमति कायम गर्नुपर्नेछ । भाबी शासकीय स्वरुप र राज्यपुर्नसंचना बारे दलहरुबीच बिवाद यथावत छ ।


  •  
  •  
  •