राष्ट्रिय राजनीतिक मंच गठन

135
  •  
  •  
  •  

काठमाडौं, २२ भदौ (ओएनए) : संविधानसभामा प्रतिनिधित्व गर्ने केही साना दल र स्वतन्त्र सभासदले परिवर्तनको उपलब्धीलाई संस्थागत विकास गर्न शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन भन्दै राष्ट्रिय राजनीतिक मंच गठन गरेका छन् ।

आइतवार नेकपा संयुक्त, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी तथा स्वतन्त्र सभासदद्वय अतहर कलाम मुसलमान र चन्द्रेश्वर झा सम्मिलित बैठकले मंच गठन गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

ढकालका अनुसार मंचलमा आबद्ध हुने दलले मंचको अध्यक्षता आलोपालो गर्ने सहमति भएको छ । जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्दै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउदैं संघीय लोकतान्त्रिक संविधान जारी गर्न तथा साझा सरोकारका मुद्दा विषयहरुमा सहकार्य गरी अघि बढ्न मंच गठन गरिएको ढकालले जानकारी दिए ।


  •  
  •  
  •