‘बाचुन्जेल गिरिजालाई चयन नदिने दाहालले अहिले महान भन्न सुहाउछ ?’

339
  •  
  •  
  •  

काठमाडौं, १५ भदौ (ओएनएस) : नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालालाई महान भनेकोमा आश्चर्य जनाएका छन् । ‘बाचुन्जेल गिरिजाप्रसाद कोइरालालाई चयन नदिनेले यतिवेला महान भन्न सुहाउछ ?, संसद परिसरमा पत्रकारहरुसंग कुरा गर्दै नेपालले भने, यो सुहाउने कुरा भएन ।’

अध्यक्ष दाहालले पछिल्लो पटक संसदमा संवोधन गर्दा पटक पटक गिरिजाप्रसाद कोइरालाको स्मरण गर्ने छन् । दाहालको गिरिजाभक्तीलाई नेता नेपालले बावुलाइ पीडा दिने सन्तानसंग तुलना गरे ।

‘बाचुन्जेल बाबुलाइ हेला गरेको र मर्ने वेलामा पानी पिउन नदिएको सन्तान बाबु म¥र्यो भनेर रोएजस्तै हो’ नेपालले भने । एमाओवादीले भन्दैमा राजनीतिक संयन्त्र गठन गर्न आवस्यक नरहेको उनले बताए । नेता नेपालले संविधान लेखन कार्यतालिका संशोधन आबस्यक नरहेको बताए ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधान लेखन कार्यतालिका संशोधन गर्न नहुने बताए । ‘कार्यतालिका संशोधन गर्नेतर्फ लाग्नु हुदैन, उनले भने, कार्यतालिका संशोधनले झन धेरै समस्या सृजना गर्छ ।’


  •  
  •  
  •