पोखरा, २२ मंसिर (ओएनएस) : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जागिरे मानसिकताबाट माथि उठेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन्।
नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा उनले भनिन्, ‘गल्ती नगरेसी डराउनुपर्ने अवस्था छैन। ‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त ?’
मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’
काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन्। काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिइन्। मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् ।