एक वर्षमा १९५ मेगावाट विद्युत् थप, ९१५ किमी सडक कालोपत्रे

331
  •  
  •  
  •  

काठमाडौँ । चालू आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा ९१५ किलोमिटर सडक कालोपत्रे भएको सरकारी आकडा रहेकाे छ।भाैतिक पूर्वाधा तथा यातायात मन्त्रालयका अनुसार आव ०७४/०७५ मा ३ सय ४६ किमी सडक मात्र सडक कालाेपत्रे भएकाे थियाे। त्यस्तै माटे सडक ३१५ किमी बनेको र ४२१ किमी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ ।
 
त्यस्तै, याे अावमा १९५ मेगावाट विद्युत् थप भएको छ सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युतजडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो ।
 
त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ ।
प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार भएको मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा चालु आवमा चार लाख २० हजार घरधुरीमा विद्युत् सेवा पुर्याइएको सम्बन्धित मन्त्रालयका सचिवले जानकारी दिए । पूर्वाधारतर्फ यस अवधिमा एक हजार ५० किमी सडक ग्राभेल भएको र ठूला साना गरी कूल २४३ पुल बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
 
 
 

  •  
  •  
  •