मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै

427
  •  
  •  
  •  

बर्दिवास, २४ वैशाख (ओएनएस) : मिथिला क्षेत्रमा मंगलबार अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दु मैथिल परम्परा छ ।

अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक ९बटुवा० लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर, चिसोपानीमा बनाइएको सर्बत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने मैथिल (मिथिलावासीको) जनविश्वास छ।

यस पर्वमा गरीब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक ध्रुव राय बताउँछन्।


  •  
  •  
  •