पूर्वराजा ज्ञानेन्द्रको मध्यतराई भ्रमण आजदेखि

202
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहले आजदेखि मध्यतराई भ्रमण शुरु गर्दैछन् । उनले धनुषाबाट तराई यात्रा शुरु गर्न लागेका हुन् ।

फाइल तस्बिर

आज जनकपुर पुग्ने शाहले बिहीबार सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्नेछन् ।

पूर्वराजाले २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिर र तीन गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि शाह झापा जानेछन् ।

भ्रमणका क्रममा पूर्वराजा शाहले शुवेच्छुकहरुसँग भेट गर्नुका साथै मुलुकको पछिल्लो अवस्था बारे परामर्श समेत गर्ने बताइएको छ ।

तराई भ्रमण कार्यक्रम यसअघि नै तय भएपनि पूर्व मुमाबडामहारानी अस्वस्थ भएपछि उनले कार्यक्रम स्थगीत गरेका थिए ।


  •  
  •  
  •