प्रदेश र स्थानीय सेवा ऐनका लागि मापदण्ड तयार

81
  •  
  •  
  •  

काठमाडौं, ८ माघ (ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘प्रदेश निजामती सेवा ऐन’ र ‘स्थानीय सेवा ऐन’ बनाउन मापदण्ड तयार पारेको छ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार प्रदेश र स्थानीय तहले आ–आफ्नो ऐन बनाउनुपर्ने भएकाले सो ऐनका लागि आवश्यक मापदण्ड मन्त्रालयले तयार पारिएकाे हाे।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृत लिएर उक्त मापदण्ड तयार पारेको हो । मापदण्डका आधारमा प्रदेश र स्थानीय तहले आ–आफ्नो ऐन बनाउने सचिव थपलियाले बताए ।

उनका अनुसार मापदण्डमा प्रदेश र स्थानीय तहले कर्मचारी भर्ना प्रदेश लोकसेवाबाट गर्नुपर्ने, सबै स्थानीय तहलाई एकीकृत प्रणालीमा राखिएको, प्रदेशभित्र रहेका स्थानीय तहका कर्मचारीको सरुवा एक स्थानीय तहबाट अर्कोमा हुने, कुनकुन तहमा खुला र बढुवा राख्ने जस्ता कुरा समेटिएका छन् ।


  •  
  •  
  •