काठमाडौं, १७ मंसिर (अाेएनएस) : बलिउड क्षेत्रका सुपरस्टार अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाह लार्इ लिएर धेरै नै उत्साहित देखिएका छन्। प्रियंका र निककाे विवाह उम्मेद भवन प्यालेसमा आइतबार अबेर राति हिन्दु परम्परा अनुसार सम्पन्न भएकाे छ। उनीहरुको बिहे क्रिश्चियन रीतिरिवाजअनुसार शनिबार भारतस्थित जोधपुरको उम्मेद भवनमा भएको थियाे भने आइतबार फेरि उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे भएको थियाे । यो हाइप्रोफाइल बिहेको फोटोग्राफ राइट्स करीब साढे दुई मिलियन डलरको रहेको छ ।
उक्त राइट्स एक म्यागेजिनलाई बेचिएको छ । म्यागेजिनको नाम सार्वजनिक गरिएको छैन । यो बिहेको फोटो या जानकारी बाहिर नआओस् भन्नका लागि उम्मेद भवनलाई किलाबन्दी गरिएको थियो । कसैले ड्रोनको प्रयोग पनि नगरोस् भनी इजरायलबाट ड्रोन ध्वस्त पार्ने १२ सुटर्सलाई बोलाइएको छ ।
उनीहरुले ड्रोन देख्नासाथ सुट गरेर खसाल्ने छन् । बोलाइएका निम्तालुलाई समेत भारतीय ५०० रुपैयाँको स्टयाम्प पेपरमा हस्ताक्षर गराइएको छ । ताकि कसैले बिहेको फोटो वा जानकारी कसैलाई दिने छैनन् । सुरक्षाका लागि उम्मेद भवनमा अमेरिकाबाट १०० गार्डस् बोलाइएको थियो ।