एसिया प्यासिफिक सम्मेलनमा ‘पवित्र रक्सी’ पिलाउँदै ‘सच्चा माता’ ले दिइन् ब्लेसिङ!

518
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर (अाेएनएस) :  अाइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा ‘पवित्र रक्सी’ पिलाउँदै ‘सच्चा माता’ ले केही दम्पतिलार्इ ब्लेसिङ दिएकी छन्। विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीहरुको रक्तसुद्दी गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी छिन् । उक्त कार्यक्रममा प्रधानमन्त्री दम्पत्ति भने सहभागी भएनन् । हायात होटलमा आयोजित सम्मेलनको दोस्रो दिनमा ‘ब्लेसिङ’ समारोहमा प्रधानमन्त्री दम्पत्ति भने सहभागी भएनन् । यसमा स्थानीय निकायका प्रमुखलार्इ पनि निमन्त्रण गरिएको थियो । तर, विवाद आएपछि प्रधानमन्त्री, मन्त्रीहरु र अधिकांस स्थानीय निकायका प्रमुखले कार्यक्रम बहिष्कार गरेका थिए ।

ब्लेसिङमा हाई-प्रोफाइलका कोही पनि सहभागी भएनन् । नेपाली उद्घोषकले होली वाइनलाई ‘होली वाटर’ भनेका थिए । तर, अंग्रेजी उद्घोषकले भने होली वाइन नै भने ।

प्लास्टिकको कपमा पहेँलो पदार्थ सबै जोडीहरुलाई घुट्क्याउन दिइएको थियो । साथै, उनीहरुलाई एक अर्काको हात समातेर ‘सच्चा पिता’ भनिने यूनिफिकेसन चर्चका धर्मगुरुसन म्योङ मुनलाई सम्झिँदै प्रार्थना गर्न लगाइएको थियो । पछि ‘सच्चा माता’ हाक जा हान मुनले सबै जोडीहरुलाई ‘पवित्र रक्सी’ ले सेचन गरिएकी थिइन् ।यूनिफिकेशन चर्चको सिद्धान्त अनुसार यसरी होली वाइन पिउनले जोडीहरु मुन दम्पत्तिको बंशमा समाहित हुन्छन् ।


  •  
  •  
  •