काठमाडौं, १६ मंसिर(ओएनएस) : लोकसेवा आयोगमा जागिर लगार्इदिन्छु भन्दै स्वास्थ्य निर्देशनालयका सहसचिव घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले सहसचिव डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको हाे।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरामा कार्यरत पौडेललाई एक लाख रुपैयाँ घुस लिँलालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको अख्तियारले जनाएको छ।