काठमाडौं,१६ मंसिर (अाेएनएस) : संघीय संसदकाे सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले प्रहरी र प्रशासन प्रदेश सरकारको पूर्ण मातहतमा अाउनु पर्ने बताएका छन्। प्रेस युनियन, रूपन्देहीले शनिबार बुटवलमा अायाेजना गरेकाे कार्यक्रममा बोल्दै शाहले जिल्ला प्रशासन, प्रहरी र शान्ति प्रदेश सरकारको पूर्ण मातहतमा आए मात्र संघीयता कार्यान्वयन भएकाे अनुभुति हुने बताए ।
उनले संघीय सरकारले प्रदेशलाई अधिकारविहीन बनाएको अाराेप समेत लगाए। ‘संघले प्रदेशलाई अधिकार नदिँदा प्रदेश सरकारको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ।’ उनले भने, ‘अधिकार नपाउँदा प्रदेश सरकारको जनताले अनुभूति गर्न सकेनन्, प्रदेश सरकारका अधिकार केन्द्रले कुन्ठित गरेर राख्यो । अधिकार नदिए प्रदेश सरकारको औचित्य छैन । प्रदेशले पाउने सबै अधिकारी दिनुपर्छ ।’
पूर्व अर्थराज्यमन्त्री समेत रहेका शाहले संविधान प्रदान गरिएकाे अधिकार विकेन्द्रित गर्न आग्रह गरे । उनले वाइडबढी जहाज खरिदमा भएको भ्रष्टचारको लेखा समितिले छनविन गरिरहेकाे बताए ।