बलिउड अभिनेत्री प्रियंका निकको मेहेन्दीका विशेष तस्बिर

857
  •  
  •  
  •  

काठमाडौं,१६ मंसिर (अाेएनएस) : बलिउड अभिनेत्री प्रियंका चोपडा मेहेन्दी र संगीत कार्यक्रमपछि शनिबार हल्दी कार्यक्रमको आयोजना गरिएकाे थियाे । अमेरिकी गायक निक जोनससँग प्रियंकाकाे विवाहले अहिले बलिउड क्षेत्र नै तताएकाे छ। प्रियंकाले शनिबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा मेहेन्दीका केही विशेष तस्बिर सेयर गरेपछि अहिले त्यस्तै तस्बिरले संचार माध्यमका पाना भरेका छन्।राजस्थानको जोधपुरको उमेद भवन प्यालेसमा दुई–तीन डिसेम्बरमा प्रियंका र निकको हिन्दु–क्रिश्चियन परम्परामा विवाह हुनेछ । यसअघि यो जोडीले साथी र परिवारका लागि शुक्रबार ककटेल पार्टीको आयोजना गरेका थिए ।

प्रियंकाका प्रेमी निकको पूरा नाम निकोलस जेरी जोनस हो र उनी अमेरिकी गायक, लेखक, नायक एवं रेकर्ड प्रोड्युसर हुन् । उनले सात वर्षको हुँदा अभिनय सुरुवात गरेका थिए ।

प्रियंकाको काकाकी छोरी परिणीती चोपडा पनि विवाह र यसअघिका कार्यक्रममा सरिक हुन जोधपुरमा छिन् । यो विवाहका लागि होटल उमेद भवन प्यालेसलाई पाँच दिनका लागि बुक गरिएको छ ।


  •  
  •  
  •