काठमाडौं, १५ मंसिर (एजेन्सी) : अमेरिका फेरि शक्तिशाली भूकम्प गएकाे छ। एकपछि अर्को अाएकाे शक्तिशाली भूकम्पले अमेरिकाका बिभिन्न स्थानका सडक फाटिएका छन्। ५.७ म्याग्निच्युडको भूकम्पका कारण हाइवे फाटिएका छन् । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा रह्यो ।
भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ । पराकम्प केही दिन वा हप्तासम्म आइरहने भूगर्वविदले जानकारी दिएको सिएनएनले बताएको छ ।सुरुमा सुनामीको चेतावनी दिइएपनि पछि त्यो रद्द गरिएको छ ।
‘भूकम्पको झट्का निकै शक्तिशाली थियो,’ एन्कोरेजका मेयर इथन बेर्कोविट्जले भने । ‘हामीलाई पहिले नै लागेको थियो कि यसअघि अनुभव गरिएका भूकम्पभन्दा यो शक्तिशाली थियो ।
हामी बारम्बार भूकम्प आइरहने देशमा छौं तर यसपटकको ठूलो थियो । यसअघि अलास्काको दक्षिणी केनाई प्रायद्वीपमा ७.० तीव्रताको शक्तिशाली भूकम्प गएको थियाे।