साढे ३३ किलाे सुन तस्करी प्रकरण : डीएसपी राउतको फाइल झिकाउन आदेश

650
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर (ओएनएस) : साढे ३३ किलाे सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जयकुमार राउतकाे सर्वोच्च अदालतले फाइल झिकाउने आदेश जारी गरेको छ ।अदालतले डीएसपी राउतसम्बन्धी घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्र्तत रहेका फाइल झिकाउने आदेश जारी गरेको हाे ।जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि राउतले गत कात्तिक १२ गते सर्वोच्चमा निवेदन दिएका थिए।  साेही निवेदनकाे सुनवार्इका क्रममा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले शुक्रबार घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्तर्गत बनेको अध्ययन समितिको फाइल मगाउने आदेश जारी गरेको हो ।

डेढ महीना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो ।

आरोपितविरुद्ध सङ्गठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी९पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो । मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी राज्यलाई रु १७ अर्ब एक करोड ८० लाख नोक्सान पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।


  •  
  •  
  •