निर्मला पन्तको तस्बिर प्रहरीले हटाउँदै, टाँस्न खोज्ने १२ नियन्त्रणमा

470
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर (ओएनएस) : काठमाडौंको माइतीघर मण्डलामा कञ्चनपुरकी निर्मला पन्तको टाँसिएकाे तस्बिर प्रहरीले हटाउँदै टाँस्न खोज्ने १२ जनालार्इ नियन्त्रणमा लिएकाे छ।

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर पाेलमा टाँस्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।

अभियानकर्ता प्रितम सुवेदीले पन्तको तस्बिर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गर्नुकाे साथै दुर्व्यहार समेत गरेकाे बताए थियो । उनका अनुसार पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्त लगिएको छ ।

पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै माइतीघरमा प्रदर्शन समेत गरिएको थियो ।


  •  
  •  
  •